गाडीमा बालबालिकाहरु सित यात्रा गर्दा

अष्ट्रेलियन कानूनमा यो अनिवार्य व्यवस्था छ कि 7 वर्षमुनिका सबै बालबालिकाले गाडीमा यात्रा गर्दा बाल सुरक्षा कवच (restraint) अपनाएको हुनैपर्छ। यदि गाडी दुर्घटना भएको खण्डमा बच्चाहरुलाई घाइते हुनबाट बचाउनका लागि यस्तो गरिएको हो।

आवश्यक पर्ने बाल सुरक्षा कवचको प्रकार बच्चाको उमेर र आकारमा निर्भर हुन्छ। सुरक्षा कवच बच्चाका लागि उचित आकारको हुनैपर्ने, राम्रोसँग समायोजित र बाँधिएको, र ठीक तरिकाले फिट गरिएको हुनुपर्नेछ।

0-6 महिना उमेरका बालबालिकाहरु

पछाडि पट्टी फर्किएर सुरक्षा कवचलाई कवचतिर फर्किएर यात्रा गर्नुपर्ने। सुरक्षा कवच पछिल्लो सिटमा हुनुपर्ने - अगाडिको सिटमा होइन।

6 महिनादेखि 4 वर्ष उमेरका बालबालिकाहरु

  • उनीहरुको आकार अनुसार, पछाडि पट्टी फर्किएर सुरक्षा कवचतिर फर्किएर वा गाडीमै जडित भिर्ने पेटी छ भने अगाडी फर्केर यात्रा गर्न सक्ने। बच्चाहरु पछाडि सिटमा राखिएको सुरक्षा कवचमा मात्र यात्रा गर्न सक्ने - अगाडिको सिटमा होइन।
  • अचेल 8 वर्षसम्मका बच्चाका लागि निर्माणका बखत नै राखिएका सुरक्षा कवचहरु उपलब्ध छन्।

4 देखि कम्तीमा 7 वर्षसम्मका बालबालिकाहरु

  • उनीहरुको आकार अनुसार, अगाडि फर्किएको गाडीको सिटमा वा बुस्टर सिटमा, उनीहरुको यात्रा गर्न सक्ने। बुस्टर सिटले बच्चालाई सही उचाइ सम्म उठाउँछ ताकि उनीहरुका लागि सिटपेटी लगाउन ठिक्क हुन्छ।
  • यदि पछाडिका सबै सिटहरु 7 वर्षमुनिका बालबालिकाले प्रयोग गरिरहेको अवस्थामा मात्र 4-7 वर्षका बालबालिकाले अगाडिको सिट (बुस्टर सिट प्रयोग गरेर) मा मात्र यात्रा गर्न पाउँछन्।
  • अन्य किसिमका बुस्टर सिटभन्दा पछाडि र माथि बाध्न हुने टेथर फित्ता भएको बुस्टर सिट बढी सुरक्षित हुन्छन्।
  • बालबालिकाहरु 145 सेन्टिमीटर अग्लो नभएसम्म बुस्टर सिटमा बस्नु पर्दछ। यदि उनीहरु वयस्क सिटपेटीमा धेरै सानो बेलामै सरे भने, दुर्घटना भएको खण्डमा उनीहरु घाइते हुने बढी जोखिम हुनेछ।

सुरक्षा कवचलाई फिट गर्ने

तपाईको सवारी साधनमा बाल सुरक्षा कवच वा बुस्टर सिट फिट गर्दा सदैव निर्माताको निर्देशनहरुलाई पछ्याउनुहोस्।

4 वर्षमुनिका बालबालिकाका लागि, सुरक्षा कवच फिट गर्नुको अर्थ हो:

  • सुरक्षा कवच सिटपेटीलाई चिह्नअंकित प्वालहरुका माध्यमबाट छिराएर तथा त्यसलाई कसेर बाधेर गाडीमा फिट गरिएको हुनुपर्छ।

4 वर्षमाथिका बालबालिकाहरुका लागि, बुस्टर सिटमा यात्रा गर्दा:

  • यदि त्यहाँ माथिल्लो टेथरको फित्ता छ भने कारमा अड्काउनुहोस्।
  • सिटपेटी बच्चाको वरिपरि बाँधिनु पर्छ।
    माथिल्लो टेथर फित्ता कारमा अड्काइएको हुन्छ।

सुरक्षा कवच छान्दा

अष्ट्रेलियन सुरक्षा मापदण्ड (AS/NZS 1754) सँग मेल खाने बाल सुरक्षा कवच तथा बुस्टर सिटलाई मात्र प्रयोग गर्ने अनुमति प्रदान गरिएको छ। यसको अर्थ के हुन्छ भने अन्य मुलुकबाट अष्ट्रेलियामा भित्र्याइएका कार सिटहरुलाई अनुमति प्रदान गरिएको छैन।

पुराना पूर्वप्रयोग गरिएका सुरक्षा कवच वा बुस्टर सिटको प्रयोग त्याग्ने कोशिस गर्नुस् किनकि तिनीहरु बिग्रिएको हुन सक्छन् र सुरक्षित हुने छैनन्।

  • सुरक्षा कवचमा बच्चालाई राख्नका लागि फितालाई बाँधिन्छ।

बाल सुरक्षा कवच प्रयोग नगर्दा धेरै जरिवाना तथा लाईसेन्स डिमेरिट प्वाईट लगाईन्छ। यी जरिवानाहरु गाडीमा सही ढंगले सुरक्षा कवच नलगाई सवार गर्ने हरेक व्यक्तिको हिसाबले लगाईन्छ।